काठमाडौ । पर्सा, बारा र महोत्तरीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२ जना महिला छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका ३२ वर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जनाएको छ ।
योसँगै पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ११६५ पुगेको छ । जसमध्ये आइसोलेसनको अभावमा ४१५ जना अस्पताल बाहिर छन् । उनीहरु होम आइसोलेसन बसेको भनिए पनि मापदण्डअनुसार भए नभएको अनुगमन गर्ने निकाय जिम्मेवार देखिएको छैन ।





प्रतिक्रिया