देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकार र कर्मचारीसहित रौहतटमा २४ जना कोरोना संक्रमित भेटिए

देशान्तर

काठमाडौ । रौतहटमा गौर नगरपालिकाका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १र१ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।

गौर नगरपालिकामा वडा नं ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ पत्रकारसहित १७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी सुरु भइसकेको फोकल पर्सन गुप्ताले बताए ।

विगत ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको छ ।