देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुपाल्चोक पहिरोमा पुरिएका सात जनाको मृत्यु, ३१ बेपत्ता

देशान्तर


काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर घर पुरिँदा ७ जनाको मृत्यु भएको छ । ३१ जना अझै पुरिएर बेपत्ता छन् ।
५ जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौं ल्याइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् सम्पर्कविहीन भएकाहरुको नामावली पनि प्राप्त भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ । उद्धार र खोजी जारी रहेपनि पहिरोले पुरेकाहरुलाई निकाल्न सकिएको छैन ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।