देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगञ्जमा कोरोना संक्रमित पुरूषको मृत्यु

देशान्तर

पर्सा – वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो ।

पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका उनी ज्वरो आएपछि यही साउन २४ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोभिड अस्पताल नारायणीका ईन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिए ।