काठमाडौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान मृत्यु भएका कपिलवस्तुका ती बिरामी तीन दिनअघि अस्पताल भर्ना भएका थिए ।
उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। ४२ वर्षीय ती पुरुषलाई आइसीयुमा राखी उपचार गरिँदै थियो।
डा. गौतमका अनुसार ती बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो।





प्रतिक्रिया