देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नारायणी नदीले सतर्कताको तह पार गर्यो

देशान्तर

काठमाडौं । चितवनको नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ ।

तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ । देवघाटमा मध्याह्न १२ बजेर ५ मिनेटमा गरिएको मापन अनुसार बाढी उर्लिएर ७.६२ मिटर माथि पुगेको छ ।

देवघाटमा ७।३ मिटरसम्म सतर्कताको तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ ।

यसैगरी नारायणगढ पुलमा मध्याह्न १२ गरिएको मापनमा नारायणी नदीको बाढी ११.३२ मिटरसम्म पुगेको छ । यहाँ ११ मिटर पुगेमा सतर्कताको तह मानिन्छ ।

केहीबेर अघिसम्म धनकुटास्थित तमोर नदीमा पनि बहाव उच्च भए पनि अहिले घटेको छ ।

यस्तै लम्जुङको बेंसिशहरमा भारी वर्षा भएको छ । त्यसैले त्यहाँको नारायणी नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचित गर्दै साइरन बजाइएको छ ।