देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

देशान्तर

काठमाडौं । मोरङमा थप २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका–३ घर भएकी ५७ बर्षिया र तिनपैनीका ५० बर्षिया महिला रहेकी छन् ।

५७ वर्षीया ती महिलाको गएराति विराटनगर स्थित मारवाडी शेवा सदनको आइसोलेशनमा मृत्यु भएको हो । विहीबार गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रण पुष्टि भएको थियो । ती महिला सुगर प्रेसर र दम रोगी रहेको प्रदेश १ सामाजिक विकस मन्त्रालयले जनाएको छ ।

अर्की ५० बर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आज मृत्यु भएको हो । विराटनगरको न्यूरो हस्पिटलबाट रिफर भएर प्रतिष्ठान पुगेकी उनको उपचारका क्रममा निधन भएको वीपी प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार उनमा चार–पाँच दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समेत गम्भीर समस्या देखिएको थियो । मृतक विगत लामो समयदेखि मुटु र फोक्सोको रोगी भएको बताइएको छ ।