काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीका कर्मचरीमा संक्रमण बढिरहेको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई समेत कोरोना संक्रमण भएको छ ।
प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० कुवेर कडायतले जनाए अनुसार स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा शनिबार बिहान आएको रिपोर्टमा डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको हो । यद्यपि उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
आज बिहान १० बजेसम्म ६२० जनामा कोभिड–१९ देखिएको छ भने संक्रमितमध्ये २४० जना निको भएको एसएसपी कडायतले जानकारी दिनुभयो । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ५५ जनामा संक्रमण देखिएको छ ।





प्रतिक्रिया