देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुपाल्चोक अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १९ पुग्यो ,२० जना अझै बेपत्ता

देशान्तर


काठमाडौ । । सिन्धुपाल्चोेकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप १ जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । २० जना अझै बेपत्ता छन्।

शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो। हिजो दिउँसो पाँच र साँझ दुई जनाको शव फेला परेकोमा आज थप १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनए ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।