काठमाडौं । लामो समयको विवादकाबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बस्ने भएकोे छ । बैठक भाली (सोमबार) बिहान साढे नौ बजे बस्न लागेको हो ।
भोलीका लागी बैठक तय भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद भएको थियो । खनालका अनुसार सचिवालय बैठक राखेर कार्यदललाई औपचारिकता र कार्यदेश दिन दिइने छ ।
हिजो शनिबार वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए । नेताहरूको माग बमोजिम नै सचिवालय बैठक बस्न लागेको हो ।
नेकपाको स्थायी कमिटी बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने माग उठेपछि नेकपा भित्रको विवाद चुलिएको हो । विवादका कारण नेकपाको जारी स्थायी कमिटी बैठक पटक –पटक स्थगित हँदै आएको छ ।





प्रतिक्रिया