देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तनहुँमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । तनहुँको ब्यास नगरपालिका– १ मा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास–१ भादगाउँ रतौली टोलमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रहरी दम्पत्तिको घरमा कोरोना संक्रमण देखिएको हो । श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत प्रहरी हुन् ।

प्रहरी दम्पत्तिकी आमा आमाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यमा कोरोना परीक्षण गरिएको थियो ।

‘आमालाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अरु सदस्यलाई पनि स्वाब परीक्षणका लागि बोलाइएको थियो । घरका ४ र आफन्त तथा सवारी चालकसहित ८ जनाले पोखरा गएर स्वाब दिँदा थप ४ जनामा कोरोना पोजेटिभ देखिएको ब्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताए ।

महिला कार्यरत प्रहरी कार्यालय तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब नमूना संकलन गरिएको छ ।