बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । सोमबार राति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
साउन ३२ गतेदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । सोमबारमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालका अनुसार ३२ साउनमा उनलाई अस्पताल भर्ना गरिएको थियो । ३० साउनमा कोरोना देखिएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो ।
यो सहित बाँके जिल्लामा ४ जना संक्रमितको मृत्यु भएको छ। देशभर मृत्यु हुनेकाे संख्या १०९ पुगेको छ।





प्रतिक्रिया