देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिसिएमसीको बैठक आज बस्दै, कोरोना संक्रमण बढ्दै गएपछि आगामी रणनीतिबारे छलफल हुने

देशान्तर

काठमाडौं । कोभिड -१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज बस्दैछ। कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो।

सिसिएमसीको बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो। संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने सिसिएमसी स्रोतले जनाएको छ । सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन्।