देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालको झण्डा जलाएर भिडियो बनाउने ग्याल्जोम तामाङसहित नौ जना पक्राउ

देशान्तर

काठमाण्डौ – नेपालको झण्डा जलाउने र विभिन्न समुदायमाथि गालीगलौज गर्दै म्युजिक भिडियो बनाउने ग्याल्जोम दोर्जे तामाङसहित नौ जना पक्राउ परेका छ्न् ।

विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउने र गाउने, झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्ने ग्याल्जोमसहित उनका समूहका नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ एक गते एक म्युजिक भिडिओ अपलोड भएको थियो । भिडिओमा नेपालको झण्डा जलाउनुका साथै विभिन्न जाति तथा समुदायलाई तथानाम गाली गरिएको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।