देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हेटौंडामा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ ।

मंगलबार राति मृत्‍यु भएकी हेटौंडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षकी वृद्धामा आज कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन् ।

मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए । उनको स्वाब सोमबार नै लिइएको भए पनि प्रयोगशालामा चाप धेरै भएकाले रिपोर्ट आउन ढिला भएको चौलागाईको भनाइ छ ।

कोरोना संक्रमणका कारण मकवानपुरको हेटौंडामा पहिलो पटक मृत्यु भएको हो ।