काठमाडौ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ५ जनामा कोरोना पुष्टी भएको हो।
कोरोना पुष्टि भएकामध्ये ४ जना प्रदेशकै रहेका र एकजना बागमती प्रदेशअन्तर्गतको धादिङका हुन्।संक्रमित हुनेमा तनहुँकाको देवघाट नगरपालिकाका १ जना, गोरखाको पालुङटार नगरपालिकाका १ जना, बागलुङको बडिगाड गाउँपालिकाका १ जना, धादिङको गंगा जमुना गाउँपालिकाका १ जना र नवलपुरको कावासोती नगरपालिकाका १ जना रहेका छन्।
बागलुङ र धादिङ र नवलपुरका एक(एक जना लमजुङमा कार्यरत कर्मचारी हुन्। यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७८२ पुगेको छ।





प्रतिक्रिया