देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आईएमई लाईफको सिईओ बन्दै कवि फुयाँल

देशान्तर

काठमाडौँ – आईएमई लाईफ इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ती गर्ने प्रक्रिया अघि बढेको छ ।साउन अन्तिम हप्ता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन लाईफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँललाई सिईओ नियुक्त गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

आईएमई लाईफमा जान लागेका फुयाँलले सिटिजन लाईफबाट राजीनामा दिएका छन्। आइएमई लाईफमा नयाँ सिईओ नियुक्ती हुन लागेको सम्बन्धमा बीमा समिति जानकार रहेको जनाए पनि औपचारिक रुपमा पत्र आईनसकेको उच्च अधिकारीले जानकारी दिए ।

बीमा कम्पनीमा सिईओ नियुक्तिका लागि बीमा समितिबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ। बीमा समितिमा पेश भएको २१ दिनसम्म अध्ययन, जाँचबुझ गरेपछि योग्यता पुगेका व्यक्तिलाई सिईओ नियुक्ती गर्न सञ्चालक समितिलाई अनुमति दिएपछि मात्रै प्रक्रिया औपचारिक रुपमा सिईओ नियुक्त गर्ने बाटो खुल्नेछ । आईएमई लाईफमा नयाँ सिईओ नियुक्तिको लागि अझै केही समय लाग्ने छ ।