काठमाण्डौ – चौतर्फी आलोचनापछि संसद् सचिवालयले अद्यावधिक नक्साहितको सांसदलाई वितरण गर्न बनाएको लोगो फिर्ता गरेको छ । बुधबार प्रेस विज्ञप्ति निकालेर संसद् सचिवालयले लोगो फिर्ता गरेको जनाएको हो ।
वाग्मती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयलाई लोगो फिर्ता गरिएको संसद् सचिवालयको विज्ञप्तिमा भनिएको छ ।
सरकारबाट अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार सङ्घीय संसद्को प्रतिक चिह्नमा रहेको नेपालको नक्सामा समेत सुधार गर्ने सम्बन्धमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सङ्घीय संसद्का सांसदले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।





प्रतिक्रिया