काठमाडौं – काठमाडौं उपत्यकामा बुधबार १५९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
योसँगै काठमडौंमा कोरोना संक्रमित हुनेको संख्या १९८७, ललितपुरमा १५० र भक्तपुरमा १७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उपत्यकामा कोरोना संक्रमितको संख्या २४९९ पुगेको छ। २४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।





प्रतिक्रिया