देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन नेविसङ्घको माग

देशान्तर

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) देशभर बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकको बाह्रविसे, जुगल गाउँपालिका, बाजुराको बुढीनन्दा नगरपालिका, अछामको रामरोशन गाउँपालिकामा गएको बाढी पहिरोमा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्नुभएको हो ।

“बाढी, पहिरो र डुवानका कारण प्रभावित उद्धार र राहत कार्यमा सरकारले तदारुकता देखाई घाइतेको अविलम्ब निःशुल्क उपचारको व्यवस्था मिलाउन नेविसङ्घ माग गर्दछ”, अध्यक्ष ढुङ्गानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । नेविसङ्घका महामन्त्री दिपक भट्टराईले बाढी पहिरोका कारण घरवार विहिन भएकालाई पुनर्वास तथा दिर्घकालीन जीवीकोपार्जनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । नेविसङ्घले विद्यार्थीलाई विपद्को समयमा उद्धार र राहतमा जुट्नसमेत आह्वान गरेको छ ।