देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणबाट बारामा थप एकजनाको मृत्यु

देशान्तर

वीरगञ्ज । बारामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार बिरामीलाई अस्पताल ल्याइए पुर्‍याइको भएपनि उपचार भने गर्न नभ्याइएको बताए ।