नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राख्दै तीज मनाउन सबैलाई आग्रह गरेका छन् ।

हरितालिका तीज पर्वको व्यक्तिगत र नेपाली कांग्रेस पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीवहिनीहरुमा शुभकामना दिँदै उहाँले अहिले देश अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट आक्रान्त भएको भन्दै सजह हुन आग्रह गरेका हुन् ।
नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उहाँले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन् भन्दै उल्लेख गरेका छन् ।
हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन यी पर्वहरुले योगदान गर्दै उल्लेख गर्दै सभापति देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गर्दै बताएका छन् ।





प्रतिक्रिया