देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ११ जनाको मृत्यू

देशान्तर

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यू भएको छ । यो कोरोनाबाट नेपालमा एकै दिन मृत्यू भएको अहिलेसम्मकै उच्च तथ्यांक हो ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक(एकजना गरेर ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ।