देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनका २० सहित ३३ जनामा कोरोना पुष्टि

देशान्तर

चितवन । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ ५ गते गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालले भदौ ५ गते कुल २७० नमुना परिक्षण गरेकोमा ३३ जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा चितवन जिल्लाका २० जना रहेका छन् भने नवलपुर, बारा, पर्सा र मकवानपुरका गरि ८ जना रहेका छन् भने बाँकेका ५ जना रहेका छन् ।

चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १६ जना छन् भने राप्ती नगरपालिकाका ४ जना रहेका छन् । अस्पतालले यो नतिजा भदौ ५ गते राति १२ बजेसम्मको भएको जानकारी दिएको छ ।