देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

देशान्तर

वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जमा थप २ को मृत्यु भएको छ । बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो । पर्साको बहुदरमाई नगरपालिका बहुअरीका एक पुरुषको आज विहानै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई उपचारकालागि विहीबार मात्र अस्पताल भर्ना गरीएको थियो ।

यसैगरी, कोरोनाकै कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ता बस्ने ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मधुमेहका पुराना रोगी मृतकमा किड्नीको पनि समस्या रहेको कार्यालयले जनाएको छ । मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री नरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ । यो समेत नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ ।