देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दमकमा आज १६जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौ । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले लकडाउन गरे पनि दमक

नगरपालिकामा संक्रमण फैलिएको छ। आन मात्र दमकमा १६ जनामा संक्रमण पुष्टि भएको छ। नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि भएकामध्ये एक जना औषधि व्यवासायी हुन्। औषधि व्यवसायीले दैनिक सयौं व्यक्तिसँग सम्पर्क गर्ने भएकाले कन्ट्याक ट्रेसिङ्मा चुनौती थपिएको छ ।

थपिएका संक्रमितमध्ये आठ जना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् भने बाँकी कन्ट्याक टे«सिङबाट नमूना संकलन गरिएका व्यक्ति हुन्। उनीहरु समुदायका व्यक्ति हुन्। विद्युत प्राधिकरण दमक वितरण केन्द्रका ६ जनामा एकैसाथ संक्रमण देखिएपछि समुदाय स्तरमा संक्रमणको रफ्दार बढेको हो।

यसरी लगातार संक्रमित भेटिने क्रम बढेपछि गत शनिबारदेखिनै दमकमा लकडाउन गरिएको छ। तर, संक्रमण देखिने क्रम झनै बढेको छ। अझै यसअघि पठाइएका १४ नमूनाको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य निरीक्षक बरालले जानकारी दिए।