देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

देशान्तर

काठमाडौं धरानमा कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका १५ का ती संक्रमितको आज मध्याह्न सवा १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन्‌।​
अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनी साउन २७ गते अस्पताल भर्ना भएका थिए।

उनी उच्च रक्तचापको समस्याबाट समेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ। यो सँगै प्रतिष्ठानमा अहिलेसम्म १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ।