देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज ६३४ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र २१६ जना

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ५१९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कुल ५ लाख ९२ हजार ४१८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

नेपालमा प्रति दश लाखमा २० हजार ३०१ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।