काठमाडौ । कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। पछिल्ले २४ घण्टामा भएको पिसिआर परीक्षणका क्रममा मृतक ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यसरी मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ३ जना पुरूष ९६१, ५८ र ४८ वर्षीय, बाराका ५८ वर्षीय पुरूष, सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूष गरी ९ जना छन्।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा देशभर ६ सय ३४ जना संक्रमित थपिएका छन्।





प्रतिक्रिया