नेपाल तरुण दलले कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भइरहेको दूरव्यवाहारप्रति आपत्ति जनाएको छ ।

तरुण दलले स्वास्थ्यकर्मीमाथि भइरहेको अमानवीय व्यवहारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउन पनि सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरसको महामारीमा समाजको अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले उच्च सम्मान पनि प्रकट गरेको छ ।
मिति : २०७७/०५/०८
प्रेस विज्ञप्ती
बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी नेपालमा पनि दिनानुदिन बढीरहेको छ । पछिल्लो समयमा समुदाय स्तरमा नै फैलिएको हो कि भन्ने आशंका पनि गरिएको छ र यसैलाई मध्यनजर गर्द केही दिन देखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ ।
साथसाथै विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंङतीमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।
जय नेपाल ।





प्रतिक्रिया