देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको मृत्यु

देशान्तर

काठमाडौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

बुटवल निवासी ५४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । संक्रमित पुरुष मिर्गौला रोगबाट पीडित थिए । उनले डाइलासिस गराउँदै आएका थिए । पाण्डेका अनुसार उनको अन्तिम संस्कार पनि गरिएको छ ।