काठमाडौं । काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १७७, ललितपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। संक्रमितमध्ये १८ हजार ८०६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन्।





प्रतिक्रिया