देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सबै अस्पतालले कोभिड भए पनि नभएपनि उपचार गर्नुपर्ने

देशान्तर

सरकारले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितको उपचार गर्न वर्गीकरण गरिएका सबै अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरेको छ ।

यसअघि कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न लेभल–१, लेभल–२ र ३ गरी अस्पतालको वर्गीकरण गरिकामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने गरी कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लेभल–१, २ र ३ का अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको जानकारी दिए । तीन वटै लेभलका अस्पतालमा नियमित भइरहेका सेवामा कोभिड–१९ का सङ्क्रमित आए पनि उपचार गर्नुपर्ने निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र निजी अस्पताल सबै यसअघि लेभल–१, लेभल–२ र लेभल–३ भनेर गरिएको निर्णयलाई खारेज गरी सबैलाई कोभिड–१९ अस्पतालमा परिवर्तन गरिएको उनको भनाई छ ।

सबै कोभिड अस्पतालले अब कोभिडको सङ्क्रमण भए पनि नभए पनि सबै सेवा दिनुपर्ने छ ।