देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

देशान्तर

बुटवल । रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो । एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।