काठमाडाैँ । कोरोनाभाइरस संक्रमणको जोखिम उच्च बनेपछि काठमाडौं उपत्यकामा ३ भदौ मध्यरातबाट लागू गरिएको निषेधाज्ञा थप गर्नेबारे छलफल गर्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ।
३ भदौ मध्यरातदेखि लागू गरिएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातमा सकिंदैछ। त्यसअघि नै निषेधाज्ञा थपसम्बन्धी आदेश जारी गर्नुपर्ने भएकाले समन्वयका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपरका सीडीओहरुको बैठक बस्न लागेको हो। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मंगलबार अपराह्न ४ बजे सीडीओहरुको संयुक्त बैठक बस्न लागेको जानकारी दिइन्।





प्रतिक्रिया