देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाबाट काठमाडौंमा थप एक पुरुषको मृत्यु

देशान्तर

काठमाडौं । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन् । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।