देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाबाट काँग्रेस इकाई सभापतिको मृत्यु, देउवाद्वारा दुख व्यक्त

देशान्तर

काठमाडौं । कोभिड -१९९संक्रमणबाट काठमाडौंमा एक पुरुषको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति काठमाडौं वडा २१ का गोविन्द रञ्जित रहेका छन्। रञ्जित हाल वडा २३ स्थित आफ्नो घरमा बस्दै आएका थिए। कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचाररत ६७ वर्षीय रञ्जितको गए राति मृत्यु भएको हो।

उनको कोरोना संक्रमणका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ। रञ्जित नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति हुन्।

उनको निधनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो, एक वक्तव्य जारी गर्दै काँग्रेसले भनेको छ, उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ। सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ।