देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ३३,५३३ पुग्यो

देशान्तर

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५३३ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।