देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा ३ सहित ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ सय ६४ पुग्यो

देशान्तर

काठमाडौं – नेपालमा गत २४ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ६४ पुगेको छ। पाँच वटा जिल्लाका १ महिला र ६ पुरुष गरी सात जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, धनुषाका ७८, र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।