देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो

देशान्तर


काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

भदौ ३ गतेदेखि शुरु भएको निषेधाज्ञा आजराति सकिँदै थियो । काठमाण्डौ उपत्यकामा कोरोना सङक्रमण बढ्दै गएकाले एक हप्ता थप गर्ने निर्णय भएको हो । निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ ।

यसअघि काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

काठमाण्डौ उपत्यका भित्र गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौ उपत्यका सहित ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । निषेधाज्ञाका बेला अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न समेत निषेध गरिएको छ ।