देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतपुर अस्पतालबाट भागेका संक्रमित नुवाकोटमा पक्राउ

देशान्तर

काठमाडौ । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी ५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।

उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।