देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौ । धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टले मंगलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ। ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले उपचारका लागि धुलिखेल अस्पताल भर्ना भएका थिए ।

पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमासमेत कोरोना संक्रमण बढ्दै गएको छ। पोीटका अनुसार कुल संक्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन्। बाँकी ९८ संक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ।