देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिमालय एयरलाइन्सको यात्रुबाहक चार्टर्ड उडान आजदेखि

देशान्तर

काठमाडौ । हिमालय एयरलाइन्सले आजदेखि यात्रुबाहक चार्टर्ड उडान गर्ने भएको छ। नेपाल सरकारको निर्णयअनुसार विदेशमा रहेका नेपालीहरुलाई ल्याउनका लागि गरिने यस्तै चार्टर्ड उडान आजदेखि सुरु भएको एयरलाइन्सले जानकारी दिएको छ

हिमालयले आज साउदीको दमाम,अगष्ट २७ र २९ मलेसियाको क्वालालम्पुर, २९ अगष्टमा युएईको आबुधावी र अगष्ट ३१ मा कतारमा उडान गर्ने जानकारी दिएको छ।

दुबइ र मलेसियाबाट आउनेले अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने छ भने दमाम र दोहबाट आउनेले काठमाडौंका लागि होटल बुकिङको पनि अनिवार्य कागज हुनुपर्ने छ।