काठमाडौ । नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेसले बनाएको कोभिड—१९ अनुगमन समितिले गरेको अध्ययनबाट सरकार कोरोना नियन्त्रण गर्दै जनजीवन चलायमान बनाउन असफल भएको देखिएको भन्दै १३ बुँदे सुझाव पनि दिएको छ ।
सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरलाई कम गर्न कुनै योजना ल्याउन नसक्दा नागरिक जीवन अत्यन्तै सङ्कटमा रहेको कांग्रेसको ठहर छ ।





प्रतिक्रिया