काठमाडौ – पर्सामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा जिल्लाका तीन स्थानीय तहमा गरी थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
संक्रमण देखिनेमा १५ पुरुष र चार जना महिला रहेका छन्। वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४, ५, ९, १५, १६ र २२ का एक–एक जना रहेका छन्। यस्तै पर्सागढी नगरपालिका वडा नम्बर ४ का १२ जना र धोबिनी गाउँपालिका वडा नम्बर–३ का १ जनामा संक्रमण देखिएको छ।
योसंगै पर्सामा हालसम्म कोरोना संक्रमितको कुल संख्या एक हजार ९ सय ९८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।





प्रतिक्रिया