देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी, आज ३०१ संक्रमित थपिए

देशान्तर

काठमाडौं पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भेटिएको छ। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। बुधबार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो।

आज देशभर ८८५ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३४ हजार ४ सय १८ पुगेको छ। २४ घन्टायता ३८५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँग नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या जना डिस्चार्ज भएसँगै १९ हजार ५०४ पुगेको मन्त्रालयले जनाएको छ।