काठमाडौँ , महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । मनमैजु हत्याकाण्डका आरोपी आङदोर्जे शेर्पालाई साउन ३१ मा पक्रेर थुनामा राखिएको थियो । उ
नको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएपछि निकट सम्पर्कमा रहेको प्रहरीको जाँच गर्दा कोरोना देखिएको थियो ।
त्यस्तै, नेपाल प्रहरीको भोटाहिटीस्थित साईबर ब्यूरोमा पनि इन्सपेक्टर सहित दुईजना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । ब्युरोका संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।





प्रतिक्रिया