काठमाडौ । सर्लाहीको बरहथवा नगरपालिकामा डुबेर दुई जनाको मृत्यु भएको छ
आज बिहान बरहथवा नगरपालिका ३ हरजरियाका नविनकुमार महतोकी ३ वर्षीया छोरी पुनमकुमारी र बरहथवा नगरपालिका ९ मुर्तियाका रामबाबु महतोकी १७ वर्षीया छोरी पुनमकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार हजरियाकी तीन वर्षकी बालिका घर नजिकै गाडेको कलको खाल्डोमा डुबेर मृत्यु भएको हो भने मुर्तियाकी किशोरीको पोखरीमा कमलको फुल टिप्न जाँदा डुबेर मृत्यु भएको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।





प्रतिक्रिया