काठमाडौं । नेकपा को सचिवालय बैठक स्थगित भएको छ । शनिवार (भोली) बिहान ११ बजेका लागि तय गरिएको बैठक भदौ १८ गते बिहीवारसम्मका लागि सारिएको नेकपाका एक नेताले जानकारी दिए ।
आज प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालबीच भेटघाट भएको थियो । भोली हुने सचिवालय बैठकका बारे छलफल गर्न बसेको थियो ।
पार्टीभित्रको आन्तरिक विवाद समाधानको लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । उक्त कार्यदल गत भदौ ६ गते नेकपाका अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।





प्रतिक्रिया