देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु, आमा पनि सिकिस्त

देशान्तर

कैलाली । कैलालीको पुनर्बास नगरपालिका- १ गणेश बस्तीमा आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको ज्यान गएको छ ।

२४ बर्षीया निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विषादी सेवन गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ‘आमाले आफूसँगै शिशुलाई पनि विष खुवाएकी थिइन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने ‘आमा बाँचिन्, शिशुको मृत्यु भयो ।’

निर्मला अहिले धनगढीस्थित सारथी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन् । उनको होश अझैसम्म खुलेको छैन । तर, स्वास्थ्यमा केही सुधार आएको प्रहरीको भनाइ छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने ‘उनको स्वास्थ्यमा सुधार आएलगत्तै शिशुलाई पनि किन विष खुवाइन् भन्नेबारे हामी सोधपुछ गर्नेछौं ।’